७ बैशाख २०८१, शुक्रबार 1713544553
Banner

ढाका कुमारको सचिवालयले भन्यो, ‘आवाज सम्पादन गरी नियोजित रूपमा षडयन्त्र गरियो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको दाबी गरेका छन् । उनले आफ्नो आवाज सम्पादन गरी नियोजित रूपमा षडयन्त्र गरिएकोसमेत भनेका छन् ।

ढाका कुमारको सचिवालयले विज्ञप्ति जारी गरी सो सम्बादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठको नभएको जिकीर गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रूपमा मा.डा.ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो।’

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रवि लामिछानेलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।