४ जेष्ठ २०८१, शुक्रबार 1715938590
अर्थ

साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त हुनुभएको छ ।

आइतबार बसेको साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।