७ जेष्ठ २०८१, सोमबार 1716237990
समाचार

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार किरण पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् ।