१४ बैशाख २०८१, शुक्रबार 1714130052
Banner

घोषणा पत्र तयारीको काम सुरु : ९ गते केन्द्रीय कमिटीको बैठकमा पेश हुने

काठमाडौं । पार्टी सचिवालयले निर्णय गरेको भोलीपल्टै नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणा पत्रको तयारीको काम सुरु गरेको छ ।

महारजगञ्ज स्थित रोयल व्याक्वेटमा पार्टीको नीति अनुसन्धान विभागका प्रमुख बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो । बैठकमा पार्टीका उपाध्यक्षहरु,महासचिव शंकर पोखरेल,उपमहासचिवहरु,सचिवहरु,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कडेल,पुननिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली लगायत सहभागी हुनुहुन्छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार आजका सहभागीहरुले विगतको निर्वाचनको घोषणा पत्रको समिक्षा र नयाँ समेट्नु पर्ने विषयमा केही प्रस्तावहरु तयार गर्नेछ । पाँचवर्षको अवधीमा स्थानीय तहमा देखिएका राम्रा पक्ष र सुधारका पक्षहरुलाई समेत समेट्नका लागि गाउँपालिका महासंघ र नगरपालिका संघका अधयक्षहरुलाई पनि बैठकमा डाकिएको छ ।

एक हप्ता भित्र घोषणा पत्र तयार गरेर आगामी ९ गते देखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने एमालेको तयारी छ ।