२०७९ मंसिर १६ शुक्रबार 1669995089
Banner

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आह्वान गरेको छ ।

आज दिउँसो ३ बजे बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको माग पूरा नगरी अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने बताइएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने मागसहित एमाले सांसदले लामो समयदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका थिए ।