८ बैशाख २०८१, शनिबार 1713610094
समाचार

नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवाका लागि सफारिस गरिएको छ ।

गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिले डीआईजी वसन्तकुमार पन्त, धिरतप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले सिफारिस कार्यान्वयन गरेपछि एआईजीको संख्या आठ पुग्नेछ ।

यसअघि, मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थप गर्ने निर्णय गरेको थियो ।

गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन् ।