१२ बैशाख २०८१, बुधबार 1714023750
Banner

मिर्गौलाका रोगीले के खाने के नखाने ?

मिर्गौलाका बिरामीले कम प्रोटिन र सोडियम हुने सेतो मासु र माछा खान सक्छन् । एक कप चिकेनमा (८४ ग्राम) ६५ मिलिग्राम सोडियम, १९२ मिलिग्राम फस्फोरस र २१६ ग्राम पोटासियम पाइन्छ । प्रोटिन युक्त खाद्यपदार्थ ठिक मात्रामा सेवन गर्न सकिन्छ । पोटासियम कम भएका फलफूल जस्तै अंगुर, भुईंकटहर, आँप, स्याउ आदि मध्यम मात्रामा खान सकिन्छ ।

ब्लुबेरिज

ब्लुबेरिज एक एन्टी अक्सिडेन्ट स्रोत भएको फल हो । एक कप ब्लुबेरी (१४८ ग्राम) मा १.५ मिलिग्राम सोडियम, ११४ मिलिग्राम पोटासियम र १८ मिलिग्राम फस्फोरस पाइन्छ । त्यस्तै रातो अंगुरमा भिटामिन सी र एन्टी अक्सिडेन्ट पाइन्छ । यसले संक्रमण हुनबाट जोगाउँछ । आधा कप रातो अंगुर (७५ग्राम) मा १.५ मिलिग्राम सोडियम, १४४ मिलिग्राम पोटासियम र १५ मिलिग्राम फस्फोरस पाइन्छ ।

आलु

आलुलाई पानीमा डुबाएर (भिजाएर) खान सकिन्छ । पानीमा सोक गरेकोे आलुमा करिब ७० प्रतिशत पोटासियम कम भएको एक अध्ययनले देखाएको छ । जुन मिर्गौलाका बिरामीले खान मिल्ने बताइएको छ ।

काउली

काउलीमा भिटामिन के, सी, बी आदि पाइन्छ । त्यसकारण मिर्गौलाका बिरामीका लागि फाइदाजन मानिन्छ । यसमा फाइबर पनि हुन्छ । साथै यो एन्टी अक्सिडेन्ट र एन्टी इन्फ्लामेटरी पनि हो ।

अण्डा (सेतो भाग)

अण्डाको सेतो भाग मिर्गौला रोगी, मधुमेह, उच्च रक्तचाप, मोटोपना र डायलाइसिस गरिरहेका व्यक्तिहरुले खान सक्छन् । यसमा ११० मिलिग्राम सोडियम, १०८ मिलिग्राम पोटासियम र १० मिलिग्राम फोस्फोरस पाइन्छ ।

लसुन र प्याज

मिर्गौलाका बिरामीले थोरै मात्रामा लसुन प्याज खान सक्छन । यसको आफ्नै औषधीय गुणहरु रहेको हुन्छ । यसले संक्रमणलाई रोक्ने काम गर्छ ।

जैतुनको तेल

जैतुनको तेल सबैलाई उपयोगी मानिन्छ । विशेषगरी मुटु रोगी, मधुमेह, मोटोपन, मिर्गौला रोगीहरुको खानामा जैतुनको तेल समावेश गर्न सकिन्छ । तर यो तेल अलि महँगो हुन्छ । यसमा राम्रो फ्याट (एचडिएल्) पाइन्छ । १ टेबल चम्चामा (१३.५ मि.लि.) मा सोडियम ०.३ मि.लि., पोटासियम ०.१ मि.लि. फोस्फोरस ० मि.लि. हुन्छ ।

बन्दा

बन्दामा भिटामिन के, सी, बी, खनिज तत्व र पोटासियम कम हुन्छ ।

तरुल

तरुलमा विटामिन सि, वि ६, म्याग्नेसियम, आदि पाइन्छ ।

च्याउ

च्याउलाई प्लान्ट वा वनस्पतिजन्य मासु पनि भनिन्छ । मिर्गौलाका बिरामीलाई मासुको ठाउँमा च्याउ प्रयोग गर्न सकिन्छ । च्याउमा प्रोटिनको मात्रा कम हुन्छ । साथै यसमा भिटामिनको सी, बी, कोपर, सेलेनियम, म्याग्नेसियम र डाइटरी फाइबर आदि पनि पाइन्छ ।

मिर्गौला बिरामीले खान नहुने खानेकुरा

हाइ पोटासियम भएको फलफूल तथा तरकारीहरुमा अत्यधिक सोडियम र फस्फोरस हुने भएकाले मिर्गौलाका बिरामीले खान हुँदैन । पोटासियम धेरै भएका खानेकुरा खाएमा रगतमा पोटासियमको मात्रा बढेर हाइपरकालेमिया हुनसक्छ । यसले शरीरका मांसपेशी कमजोर बनाउने, थाकेको महशुस हुने र मुटुको समस्या पनि गराउन सक्छ र बिरामीको मृत्यु समेत हुनसक्छ ।

सुकेका फलफूल

सुकेको फलफूलमा अत्यधिक खनिज तत्व, ग्लुकोज र पोटासियम हुन्छ । १ कप (६५ ग्राम) खुर्पानीमा करिब ७५५ मि.लि. ग्राम पोटासियम हुन्छ । मिर्गौला बिरामीले ३८ प्रतिशतमात्र पोटासियम खान सक्छन् ।

दाल र गेडागुडी

दाल र गेडागुडीमा बढी मात्रामा पोटासियम, सोडियम, फोस्फोरस हुनाले दुबै छाक खान मिल्दैन। प्याकेटका खाना, बट्टाका फास्ट फुड, चाउचाउ, पास्ता, पिज्जा जस्ता तयारी खानेकारी खान मिल्दैन । एउटा सानो पिज्जा (१०२० ग्राम) मा ५६८ मिलिग्राम सोडियम हुन्छ । त्यसकारण मिर्गौलाका बिरामीले खान हुँदैन ।
फलफूलको जुस आदि खानु हुँदैन । यसमा थप सुगर हुने भएकाले मिर्गौलाका बिरामी र मधुमेह भएका व्यक्तिले खान हुँदैन ।

पालुङो साग
पालुङो, बिट ग्रीन जस्ता सागपातमा पोटासियम र ओग्जालिक एसिड धेरै भएकाले मिर्गौलाका बिरामीले खान हुँदैन ।

आलु र सखरखण्ड

आलु र सखरखण्डमा अत्यधिक मात्रामा पोटासियम हुने भएकाले मिर्गौलाका बिरामीले खान हुँदैन । एक कप पोलेको आलु (१५६ ग्राम) मा ६१० मिालिग्राम पोटासियम पाइन्छ । एक कप सखर खण्ड ( १४४ग्राम) मा ५४१ मिलिग्राम पोटासियम हुन्छ ।

केरा, एभोकाडो, खुर्पानी, किवी, सुन्तला फल सेवन गर्नुहुँदैन । एउटा एभोकाडो (२०१ ग्राम) मा ९७५ मिलिग्राम पोटासियम पाइन्छ । त्यस्तै एउटा मध्यम केरामा ११८ मिलिग्राम पोटासियम पाइन्छ ।