४ बैशाख २०८१, मंगलवार 1713306561
Uncategorized

बुधबारको वर्षाले आन्तरिक हवाइ उडान प्रभावित

मौसममा आएको बदलावका कारण बुधबार आन्तरिक उडान प्रभावित भएको छ ।

सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।

यस्तै भिजिबिलिटीका कारण अन्य क्षेत्रको उडान पनि प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानमा भने समस्या नभएको गुरागाईंले बताए ।