१४ बैशाख २०८१, शुक्रबार 1714120535
पालिका

मिसन ग्रासरुट : सुर्यविनायक नगरपालिका वडा नम्बर २ कमिटीको विस्तारित बैठक सम्पन्न

भक्तपुर– मिसन ग्रासरुट अभियान अन्र्तगत सुर्यविनायक नगरपालिका वडा नम्बर २ कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटमा सोमवार सम्पन्न बिस्तारित बैठकमा पार्टीलाई सुदृढ, आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने बिषयमा छलफल केन्द्रित भएको थियो ।

कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले मिसन ग्रासरुटका विषयमा प्रकाश पार्दै पार्टी बनाउने कुरामा आफु जतिबेला पनि काम गर्न तयार रहेको बताउनुभयो। पार्टीमा खटिने कार्यकर्तालाई थप जिम्मेवारी दिएर अगाडि बढाउनुपर्ने उहाँको जोड थियो । अध्यक्ष देउजाले एमालेका निर्वाचित जनप्रतिनिधिहरुसँग उठेका गुनासाहरुको सम्बोधन गर्नका लागि एमाले पार्टी कार्यालयमै जनप्रतिनिधिहरुको भेट गराएर समस्याको समाधान खोजिने बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला कमिटी सदस्य एवं प्रदेश सांसद किरण थापाले विकास योजनाका कार्यलाई अगाडि बढाउदै लगेको बताउनुभयो । चुनावको समयमा जनतामाझ गरेका प्रतिबद्धता पुरागर्ने अभियान अन्र्तगत नै आफु अगाडि बढेको उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य एवं सुर्यविनायक नगरपालिकाका उपमेयर सरिता भटटराईले नगरपालिकाले आवधिक योजना बनाएर टोलबासीका लागि कार्य गरिरहेको बताउनुभयो । कृषि, सामाजिक विकास, पर्यावरण र आर्थिक विकासको क्षेत्रमा वडावासीलाई सहभागि गराउने गरि नगरपालिकाले रणनीतिक योजना बनाईरहेको उपमेयर भटटराईले जानकारी गराउनुभयो ।

कार्यक्रममा सुर्यविनायक नगरकमिटीका अध्यक्ष रविन्द्र सापकोटाले पार्टीभित्र देखिएका समस्या समधानका लागि मिसन ग्रासरुट अभियान केन्द्रित भएको बताउनुभयो । पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन अभियान प्रभावकारी रहने उहाँको जोड थियो ।

सीता पौडेल पाण्डेको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य हिरामाया शेर्पा, मोहनकृष्ण श्रेष्ठ, जुना बस्नेत, प्रजुन त्रिखत्री, नगर कमिटीका ईन्चार्ज विवेक श्रेष्ठ, सह–ईन्चार्ज राजन खत्री, नगर किमिटीका सदस्यहरु, टोल कमिटीका अध्यक्ष, जिल्ला सल्लाहकार सदस्य नारायण बस्नेत, बृद्धिजीवि लगायतको सहभागिता रहेको थियो ।