८ बैशाख २०८१, शनिबार 1713630102
कला/साहित्य

कुटपिट गरेको भन्दै दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडाैँ । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको रिदम क्षेत्रले बताए । 

‘दुर्गेशसहित तीन जनाले मलाई एक्कासि हातपात गरे । मेरो सिक्रीसमेत हराएको छ । सिक्री रकमसहित भराइपाउँ भनेर मैले उजुरी दिएको हो,’ क्षेत्रीले भने ।