२०७९ आश्विन ११ मंगलवार 1664260656
Banner

एमाले सचिवालय बैठक बालकोटमा सुरू

भक्तपुर – नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा केहीबेर अघि बैठक सुरु भएको हो ।

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ ।

सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरु सम्पन्न गरेको र छिटै पार्टीका अरु तहका बैठकहरु आयोजना गरेर सम्पूर्ण पार्टीपङ्तीलाई निर्वाचनमा केन्द्रीत गर्ने तयारी एमालेले गरेको छ ।