२९ बैशाख २०८१, शनिबार 1715417645
विश्व

रुसले गर्‍यो बेलारुसमा आणविक हतियार भण्डारण

एजेन्सी। रुस कित्तामा उभिएको रुसको छिमेकी बेलारुसमा रुसले आफ्ना आणविक हतियार भण्डारण गर्ने भएको छ।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसको टेलिभिजन च्यानल रसिया २४ सँग बोल्दै पुटिनले यस्तो घोषणा गरेका हुन् ।

रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार आगामी जुलाई १ (असार १६) भित्र भण्डारणको प्रक्रिया सकिने पुटिनले सार्वजनिक गरेका छन् ।

बेलारुसमा रुसका चुस्त आणविक हतियार भण्डारण हुने पुटिनले उल्लेख गरेका छन् ।

हालसालै बेलायतले युक्रेनलाई अतिरिक्त हतियार सहयोग घोषणा गरेपछि पुटिनको आणविक हतियार भण्डारण कार्यक्रम सार्वजनिक भएको हो।

अमेरिकाले आफ्ना आणविक हतियारहरू बेल्जियम, जर्मनी, नेदरल्यान्ड, इटाली र टर्कीमा भण्डारण गरिएको उदाहरण दिँदै रुसी मिडियाले रुसले बेलारुसमा गर्न लागेको आणविक हतियार भण्डारण त्यस्तै कदम भएको तर्क गरेका छन् ।

पुटिन समर्थक बेलारुसी राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमा आणविक असुरक्षा भएको पटक पटक भन्दै आएपछि रुसको यस्तो कदम आएको रुसी मिडियामा उल्लेख गरिएको छ।