६ बैशाख २०८१, बिहीबार 1713443048
Banner

२ कक्षा पढ्ने छात्रा बलात्कार आरोपमा शिक्षक जितेन्द्र यादव पक्राउ

काठमाडौं। आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका ३ मा रहेको सनराइज बोर्डिङ स्कूलका शिक्षक जितेन्द्र यादव पक्राउ परेका छन् । उनी
११ वर्षीया छात्रालाई बलात्कारको आरोप लागेको छ । घटनालगत्तै फरार भएका उनी आज पक्राउ परेका हुन्।

मंगलबार स्कूल पढ्न गएकी कक्षा २ मा अध्ययनरत स्थानीय छात्रालाई शौचालयमा थुनेर बलात्कार गरेको आरोप यादवमाथि लागेको छ । घटनालगत्तै उनी फरार भएका थिए भने विद्यालयका प्रिन्सीपललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आरोपी यादवमाथि जर्वजस्ती करणी मुद्दा चलाएको छ तर, प्रिन्सीपललाई कारबाही गर्न चाहेको छैन। यता, जितेन्द्रका बुवा सिटहु यादवले पीडितकी आमालाई लेनदेन गरी घटना मिलाउन दबाब दिन थालेका छन्। सिटहुले ‘छोरीको पनि इज्जत जान्छ’ भन्दै लेनदेन गरी मिल्न दबाब दिएको पीडित छात्राकी आमाले बताइन्।

बलात्कार आरोपी शिक्षक जितेन्द्रकी श्रीमतीले पीडित परिवारलाई तथानाम गाली गरेको परिवारको आरोप छ। ‘तिम्रो छोरीले मेरो श्रीमानलाई फसाउन खोजेकी छन् भनेर मलाई गाली गरिन्,’ उनले भनिन्।

घटनापछि स्कूल सञ्चालक तथा प्रिन्सिपल हरि श्रेष्ठले स्वयम् पिडितको घर पुगेर बालिकालाई कुटपिट गरेका छन्। छात्राकी आमाका अनुसार, ‘घटनापछि छोरी रुँदै घर आएकी थिइन् । लगत्तै हरि सर आउनुभयो र थप्पड हान्दै आइन्दा स्कूल नपठाउनु भन्नुभयो ।’

‘छोरीलाई किन कुट्नुभयो ?’ भनेर सोध्दासमेत केही नबोलेर हिड्नुभयो’, उनले भनिन्, ‘त्यसपछि म चोकमा गएर विनोदलाई सबै कुरा सुनाउँदै थिएँ, प्रहरीले फोन गरेर बोलाउनुभयो। त्यहाँ पुग्दा ठूलो भीडभाड थियो। मलाई जनकपुर गएर छोरीको स्वास्थ्य परीक्षण गराउन भनेपछि गएर गराएँ।’