५ जेष्ठ २०८१, शनिबार 1716046168
राजनीति

मृतक कार्यकर्ताको सम्झनामा दृष्टिविहीन पौडेललाई माओवादीको आर्थिक सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगरपालिका २ नम्बर वडा देउराली सम्पर्क समन्वय समितिले मृतक कार्यताको सम्झनामा दृष्टिविहीनलाई आर्थिक सहयोग गरेको छ ।

माओवादी केन्द्रको कार्यकर्ता मृतक सुनिल खड्काको सम्झनामा ब्रने ट्युमरको अप्रेसनमा दुबै आँखाको ज्याती गुमाएका प्रल्हाद पौडेललाई आर्थिकम सहयोग गरेको हो । सम्पर्क समन्वय समितिका अध्यक्ष सागर बुढाथोकीको नेतृत्वमा पौडेललाई आर्थिक सहयोग गरेको हो ।

२०७९ चैत्र ३ गतेदेखी मृतक खड्को सम्झनामा उनको परिवारले श्रीमत भागवत सप्ताह (महायज्ञ) आयोजना गरेको थियो । चैत ९ गते सप्ताह समापन भएको थियो । त्यही उपलक्ष्यमा खड्कासहित अन्य पार्टीका मृतक कार्यकर्ताको सम्झना गर्दै माओवादीले दृष्टिविहीन पौडललाई आर्थिक सहयोग गरेको वडा सदस्य केशव बस्नेतले बताए ।

आर्थिक संकलन गर्न सम्पर्क समन्वय समितिका अध्यक्ष बुढाथोकीको नेतृत्वमा वडा पार्टी सचिव अशोक बुढाथोकी, स.स सचिव जीवन खड्का लगायत टिम परिचालन भएको थियो । सम्पर्क समन्वय समितिको नेतृत्वमा ९८ हजार ६ सय ६० रूपैयाँ रकम देउरालीको वडाध्यक्ष नीर बहादुर श्रेष्ठको उपस्थितिमा पौडललाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरणमा वडा सदस्यहरू सहित माओवादी केन्द्रका नगर अध्यक्ष मोतिलाल तामाङको पनि उपस्थिति रहेको थियो ।

सम्पर्क समितिको टिमले ९३ हजार ६ सय ६० संकल गरिएको थियो । मृतक खड्काका आमा हरिमाया खड्काले छोराको ५ हजार दिएकी छन् । यसरी रकम संकलन गरेर दुःख पाएकालाई सहयोग र मृतकलाई सम्मान हुने काम गरेकोमा वडाध्यक्ष श्रेष्ठले सम्पर्क समन्वय समितिका टिमलाई धन्यवाद दिए । उनले पौडलको जीवन यापन सहत हुनुका साथै स्वास्थ्य लाभको पनि कामना गरे ।