१३ बैशाख २०८१, बिहीबार 1714058088
राजनीति

विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र बनाउन विद्यार्थी संगठनको माग

काठमाडौँ । विद्यार्थीलाई टाढा हुने गरी परीक्षा केन्द्र नतोक्न तीन विद्यार्थी संगठनहरूले माग गरेका छन्।

नेविसंघ सभापति दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले आज एक विज्ञप्ति निकालेर विद्यार्थीलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र राख्न माग गरेका हुन्।

यही चैत १२ गतेदेखि स्नातक तह चौथो वर्षको परीक्षा हुँदैछ। विद्यार्थीले पढिरहेको क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन पनि उनीहरूले माग गरेका छन्।