१३ बैशाख २०८१, बिहीबार 1714105209
Banner

उपनिर्वाचनको विषयमा छलफल गर्न जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

बुधवार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने गरी आह्वान गरिएको एक नेताले बताए ।

बुधवारको बैठकमा वैशाख १० गते प्रतिनिधिसभाअन्तर्गत ३ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी लगायतका विषयमा छलफल हुने जनाइएको छ । उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।

बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ ।