१२ बैशाख २०८१, बुधबार 1713945187
Banner

अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, भारतसम्म धक्का

काठमाडौं । अफगानिस्तान केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । हिन्दु कुश क्षेत्र आसपास केन्द्रबिन्दु भएर मंगलबार राति १० बजेर २५ मिनेटमा भूकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पको कडा धक्का भारतको राजधानी दिल्लीमा महसुश गरिएको छ । यस्तै नाएडा, गाजियावाद लगायतका कैयन स्थानमा पनि धक्का मभसुश भएको समाचारमा जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।