१४ बैशाख २०८१, शुक्रबार 1714145631
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, यस्तो छ कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी छ। आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो।

सो दिन सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेर प्रतितोला मूल्य १ लाख १० हजार रुपैयाँ पुग्यो। यस्तै, सोमबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला ५ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला २ सय रुपैयाँ मात्र कम हो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।