२०७९ आश्विन १६ आईतवार 1664757752
Uncategorized

सामाजिक सुरक्षाकाे अवधारणा हामीले ल्याएका हाैं – केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सुरक्षाकाे अवधारणा आफूहरुले ल्याएकाे बताउनु भएकाे छ । गृह जिल्ला झापामा आइतबार भएकाे कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयाे – ‘खासगरी सामाजिक सुरक्षाकाे अवधारणा हामीले ल्याएका हाैं,जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ पुर्‍याउने काेशिस गरेका छाैं,ज्येष्ठ नागरिकदेखि एक महिलासम्म ।’ जेष्ठ नागरिकलाई सुरु गरेकाे समाजिक सुरक्षा भत्ता शारीरिक रुपमा पूर्ण रुपमा अशक्त व्यक्तिले पनि पाउनेगरी व्यवस्था गरिएकाे उहाँले स्मरण गर्नुभयाे ।

सम्बाेधनका क्रममा अध्यक्ष ओलीले पुर्नस्थापना केन्द्रलाई आफ्नाे तलबाट ५ लाख रुपैयाँ दिने घाेषणा गर्नुभयाे । भाेलि आफूहरु सरकारमा हुने भन्दै उहाँले सामाजिक सुरक्षाकाे अवधारणालाई अझ व्यापक बनाइने बताउनुभयाे ।

अध्यक्ष ओलीले देश बनाउन नेकपा एमाले सरकारमा हुनैपर्ने बताउनुभयाे । आगामी चुनावपछि नेकपा एमालेकाे सरकार बन्ने पनि उहाँले बताउनुभयाे । मानवता र मानव जाती ठूलाे भएकाे भन्दै उहाँले मानवता र देशका लागि काम गर्नुपर्ने बताउनुभयाे । अपांगताका भएका व्यक्तिलाई कर्तव्यकाे हिसाबले आफ्नाे सहयाेग रहने अध्यक्ष ओलीले बताउनुभयाे ।