८ बैशाख २०८१, शनिबार 1713617849
पालिका

मिसन ग्रासरुट अभियानका अगुवा नेताले भेटे मृतकका परिवार

काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत सुर्यविनायक नगरपालिकाका अगुवा नेताहरुले मृतकका परिवारसँग भेट गरेका छन् । सुर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट निवासी समाजसेवी बाबुकृष्ण सिनारी श्रेष्ठ र चन्द्र माया सिनारी श्रेष्ठको परिवारलाई अगुवा नेताहरुले सोमवार उहाँको निवासमा भेटी समवेदना व्यक्त गरेको हो । ७३ बर्षिय बाबुकृष्ण श्रेष्ठको फागुन २६ गते र चन्द्र माया श्रेष्ठको चैत्रको २ गते निधन भएको थियो ।

मिसन ग्रासरुट अभियानले ज्येष्ठ सदस्य, शहीद परिवार, घाइतेको सम्मानदेखि घरदैलोसम्मका कार्यक्रमलाई तिब्रता दिएको छ ।

मिसन ग्रासरुट अभियान कार्ययोजनाअन्तर्गत सबै पालिकामा सदस्यता नवीकरण, नयाँ सदस्य विस्तार, अभिलेख अद्यावधिक गरिनेछ । त्यस्तै शहीद परिवार, घाइते, अपाङ्गता भएका व्यक्ति र सेल्टरदाताहरूसँग पनि भेटघाट र सम्मान कार्यक्रम राखिएको छ ।

विभिन्न संघसंस्था, नागरिक समाजका अगुवा, ज्येष्ठ नागरिक, आमा समूह, स्वास्थ्य समूहसँगको घरदैलो भेटघाट र अन्तरक्रियालाई पनि एमालेले कार्ययोजनामा राखेको छ ।

समवेदना व्यक्त गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजा, नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य शशी जंग थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रदेश सांसद किरण थापा,जिल्ला कमिटी सदस्य जुना बस्नेत, जिल्ला कमिटी सदस्य सरिता भटटराई, हिरामाया शेर्पा, मोहनकृष्ण श्रेष्ठ लगायत नगरकमिटीका सदस्यको सहभागिता रहेको थियो ।