१३ बैशाख २०८१, बिहीबार 1714088331
Banner

ग्रासरुट मिसनको मध्यावधि समीक्षा

ने.क.पा. एमालेले २०७९ फागुन ५ गतेदेखि सुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियानको मध्यावधि चैत्र ५ गते समाप्त भएको छ । यस अवधिमा के के भयो र यसले के कस्तो काम र प्रभाव जन मानसमा परेको छ भन्ने विषयलाई नियाल्न जरुरी देखिन्छ । भात पकाउने भनेपछि त्यसका लागि चाहिने सबै जोरजाम र बन्दोबस्तीका सरसामान पहिले नै तयार हुनुपर्छ । त्यस हिसावले यस मिसनलाई पूर्वतयारी गर्नु पर्ने थियो होला । अनि जहिलेदेखि काम सुरु गर्ने भनियो तहिले देखि केन्द्रीय,केन्द्रीय निकाय, प्रदेश र जिल्ला स्तरका सबै अभियन्ताहरु काममा जुट्नु पर्ने थियो होला ।

२०८० बैसाख ५ गते समापन गर्ने भनिएको यो अभियान प्रभावशाली र सफल बनाउने हो भने यसलाई कम्तीमा १५ दिन बढाउनु पर्छ । किनभने १ महिना बित्ता पनि धेरै जसो नगर र गाउँमा योजना बैठक बसिसकेको पाइन्न । नगर र गाउँको विस्तारित भेला पनि भइसकेका छैनन् । केन्द्रीय र केन्द्रीय निकाय लगायत माथिल्ला तहका अभियन्ता मध्ये धेरै जसोले आफू अनकूल बैठक र भेला राख्दा र बनाउँदा र पूर्व निर्णित बैठक र भेला समेत स्थगित गर्न बाध्य भएको स्थिति छ । म आउँछु, म नआइ कार्यक्रम अघि नबढाउनु भन्ने अनि आफैँ नआउने वा यस कामलाई कम प्राथमिकता दिने जस्ता कर्मले गर्दा काम बिना नै समय खेर गएको देखियो । प्रमुख अभियन्ता जुन बेला आए पनि हुने हो तर काम चाहिँ नरोकी सुरु गरौँ भन्नु पर्ने हो । दुई महिना भरिमा कुनै न कुनै भेला वा बैठकमा आफ्ना विचार राख्दा र सक्रिय भूमिकाम निर्वाह गर्दा त हुने हो तर प्रमुख अतिथि नआई कार्यक्रम र अभियान सुरु गर्नै नहुने भन्ने अहंवादी मनोविज्ञानले कामको गति अत्यन्त सुस्त र गतिहीन भएको देखियो ।

जीवन र समाजका सबै पाटा र पक्षलाई स्पर्श गर्ने खालका सिर्जनात्मक काम गर्ने हो भर्ने काम भ्याइ नभ्याइ हुन्छ । समयलाई भरपूर सदुपयोग गर्ने हो भने पार्टीलाई कायापलट गर्न सकिन्छ । मदन भण्डारीले मदन भण्डारी हुन पाउँदा न काम हुन्छ र प्रभावकारी हुन्छ ? अर्थात् मुख भएर मात्र हुँदो रहेनछ प्रमुख पनि हुनुपर्दो रहेछ । मुख एउटा छ प्रमुख अर्को छ ।
यो. काम र कुरो त्यति सजिलो छैन तर जान्दा ज्यादै सजिलो पनि छ । अभियन्तामा बहु्आयामिक अध्ययन र अनुभव छ भने काम बहुत प्रभावकारी हुन्छ । शान्त पोखरीमा ठूलै ढुङ्गा फालियो भने ठूलै तरङ्ग दिन्छ । काम गर्न जान्दा र मिहिनेत गरेर लागिपर्दा कुनै पनि काम अत्यन्त प्रभावकारी तथा सफल हुन्छ र गर्न सकिन्छ । यसको एक जवर्जस्त उदाहरण जननेता मदन भण्डारी हुनुहुन्छ ।

यो अभियान,अभियन्ताहरु सबै विषय पात्र, प्रविधि, चुस्त र दुरुस्त र प्रभावकारी हुनुपर्छ । रहर लाग्दो,भर लाग्दो र आश लाग्दो कार्यक्रम हुनुपर्छ र गर्नुपर्छ । मदनले झैँ सबै उमेर समूह, मोर्चा, तह,स्तर, विधा, विषय र क्षेत्रलाई प्रभावित गर्ने क्षमता विकास गर्नुपर्छ । यस अभियानमा ने.क.पा र एमाले पार्टीलाई पार्टी भित्रै रहेर पार्टीलाई अस्तव्यस्त गर्दै ध्वस्त पार्न खोजेका माकुने प्रचण्ड लगायत नेताका दक्षिणपन्थी चरम अवसरवादी चरित्र र चिन्तनको शिष्ट भाषामा व्यापक रुपमा भण्डाफोर गर्नु पर्छ । जननेता मदन भण्डारीले भनेझैँ कम्युनिस्टको झण्डा बोकेकै भरमा र नारा फलाकैकै आधारमा सबै कम्युनिस्ट हुँदैनन् । निर्वाचनमा उम्मेद्वार हुँदा सब कार्यकर्ता र जनतालाई जम्लाहात गर्ने, घरघर पुग्ने र घुम्ने र ,जनतासित प्यारीसित जस्तै मधूर मुस्कान गर्ने र विनम्र हुनेजस्ता स्वभाव र बानी अभियानमा सबै नेताहरुमा हुनुपर्छ ।

ओली कमरेडले नेताहरुलाई फोन गर्न सिकाए पनि अझै एकाध स्थायी समिति सदस्यले नै पनि नसिकेको यस लेखकको अनुभव रह्यो । प्रा.डा. खगेन्द्र आचार्यले आर्फैँले पढाएको नेता आफू्रलाई गुरु भन्न लजाउँछ अझ उल्टो मैसित नमस्ते खोजेझैँ गर्छ भन्नु भएको थियो । सधैँ मुख धोइएन भने आफ्नै मुख पनि डुङडुङ्ती गह्नाउँछ । मन, मष्तिस्कमा जमेको र कटकटिएको मयल साबुनले सफा हुँदैन । यसका लागि बारबार र हजारबार अध्ययन, छलफल,अन्तक्र्रिया, गरिरहनु पर्छ । हाम्रो पार्टी र हाम्रो नेतृत्वको सरकारले गरेका सबै राम्रा कामहरुको प्रचारप्रसार गर्ने सूचना, सञ्चार तथा मिडिया कार्यकर्ता र तमाम जनता हुन् । यो कुरा राम्ररी जनतालाई बताउनुपर्छ । बन्जर धर्ती फुटाउन फलामे हलो नै जोत्नुपर्छ । कुटो, कोदालो र झम्फलको भरमा मात्र जब्बर बनेको जमिन जोतिन्छ ? । उपल्ला तहका नेता अभियन्ता आवश्यकता अनुसार भूइँ तहमा गएर उत्प्रेरक भूमिका निर्वाह .किन कन्जुस्याइँ गरेको हो बुझ्न सकिएन । अभियान सुरु भएको एक महिना बिति सक्ता पनि धेरै गाउँ,वार्ड र नगरको विस्तारित भेला बैठक हुन सकेको छैनन् ।

कमिटी प्रणालीलाई सबल बनाउनुपर्छ । नेतामुखी होइन नीतिमुखी हुनुपर्छ । पार्टीलाई मदनले जस्तै प्रतिभाको फूलबारी बनाउनु पर्छ । हाम्रो प्रतिस्पर्धा समाजवादी प्रतिस्पर्धा हो , अर्थात् आफ्नो वर्ग समुदाय र समाजलाई नै उठाउने हो एक र अमुक नेता गुट मात्र उठ्ने र उठाउने होइन तर सुनसरीमा यसको अवशेष पर्याप्त पाइन्छ । कतिपय जिल्लाको नेतृत्व चयनमा मतदानका बेला जुन खालको धाँधली भयो त्यस्तो अवस्था अब हुन दिनु भएन । यस्तो दृश्य टुलुटुलु हेरे मौन बस्ने माथिल्लो र उपल्लmो नेतृत्व सचेत हुने कि नहुने ? कार्यकर्तालाई आश र त्रासमा पारेर नेतृत्वमा टाँस्सिरहने प्रवृत्ति दोहोरिने हो भने यस खालका मिसनको के अर्थ होला ? अमुक नेताले जे जे भन्यो सुन्यो र सही बेसही नछुट्याई त्यसकै पछि आँखा चिम्लेर लाग्ने पशुमित्र बनाउनु हुँदैन । नेताले नै यस्ता कुरा आफैँ बताउनु पर्छ । टु वे ट्राफिक व्यवस्था हुँदा खासै दुर्घटना हुँर्दैन । यस अभियानमा पदीय हैसियतले तल्ला कमिटीमा रहे पनि ती कुनै मानेमा उपल्ला र माथिल्ला कमिटी सदस्य र पदाधिकारी भन्दा किमार्थ कम छैनन् । यस कुरालाई सम्बन्धित होस राखे राम्रो ।

नेता तथा अभियन्ता विशाल भट्टराई टोल समिति सम्म पुगी टोलका नव निर्वाचित पदाधिकारी र सदस्यलाई शपथ ग्रहण गराएको पनि थाहा भयो । आवश्यकता अनुसार कामको अनभुव लिन र दिन तल्ला तहमा पनि जानुपर्छ । सम्भव हुन्छ र जरुरी छ र हुन्छ भने व्यक्ति व्यक्ति सित पनि भेटेर समस्याको समाधान गर्नुपर्छ । इनरुवामा एमाले र यसका नेतृत्वको सरकार र अरु पार्टी र तिनका गतिविधि विषयक हाजिरी जवाफ र लोक दोहारी सम्म गर्ने सोच रहेको छ । सदर मुकाम भएकाले अड्डा प्रम्ुखहरु सित अनौपचारिक भेटघाट गर्ने योजना पनि राखिएको छ । धार्मिक र सांस्कृतिक व्यक्तित्वसित पनि भेटघाट गरेर यस क्षेत्रमा देखापरेका समस्या र समाधानको खोज गर्न सकिन्छ । काम र कामका हजारौँ फाँट छन् पार्टी सदस्यता नवीकरण र वितरण सहित पार्टी र मोर्चा संगठनको व्यापक सन्जाल तयार पार्ने मूल ध्येयलाई प्रत्यक्ष वा परोक्ष रुपमा सघाउ पु¥याउने अनेक सिर्जनात्मक तरिका छन् । बाल बालिका र युवा भोलिका लागि काँध थाप्ने पुस्ता हुन् । बाल बालिकालाई राजनीति केन्द्रित होइन तर सिर्जना, शिक्षा,स्वास्थ्य केन्द्रित तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट उत्पन्न अनेक विकृतिबाट बचाउने खालका रचनात्मक तरिका छन् । यसरी समाजको सिरदेखि पुछारसम्म प्रभावित पार्ने र पार्न सकने यो अभियान काम चलाउ हुने खतरा देखिन्छ । अनुगमन गर्ने कमरेड र निकाय आफैँ गुृरु मात्र होइन महागुरु हुन जरुरी छ ।

(लेखक कोशी प्रदेश संस्कृति विभाग प्रमुख लेखक ग्रासरुट मिसन, सुनसरी जिल्लाका इनरुवा नगर पालिकाका एक प्रमुख अभियन्ता हुनुहुन्छ )