१२ बैशाख २०८१, बुधबार 1714012461
विश्व

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । इन्टरनेशनल क्रिमिनल कोर्ट (आइसिसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

बिबिसीका अनुसार आइसिसीले बालबालिकालाई गैर कानुनी रूपमा रुसबाट युक्रेन पठाएको आरोप लगाउँदै पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको हो । 

रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । 

पक्राउ पुर्जी जारी भएपछि रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले छोटो प्रतिक्रिया दिँदै भन्नुभयो, ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रूपमा कुनै अर्थ छैन, यो चर्चाका लागि ल्याइएको एउटा फन्डा मात्रै हो ।’