७ चैत्र २०७९, मंगलवार 1679462271
Banner

आफूलाई निर्वाचित गराउने सांसदहरुलाई शितल निवासमा रामचन्द्र पौडेलको चियापान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय र प्रदेशसभाका सबै सांसदलाई शीतल निवासमा बोलाएका छन् । राष्ट्रपति पौडेलले शनिबार चियापानको कार्यक्रम राखेर सबै सांसदहरुलाई बोलाएका हुन् ।

आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिन बिहान नौ बजेका लागि पौडेलले चियापानसहितको कार्यक्रम राखेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसद, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरेको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिए।

सांसदहरूसँगै प्रमुख दलका नेतृत्वलगायतलाई पनि पौडेलले बोलाएका छन् । पौडेल फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए भने २८ गते शपथ लिएर शीतल निवास प्रवेश गरेका थिए ।

यसैबीच शुक्रबार राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए ।