१३ बैशाख २०८१, बिहीबार 1714109611
Banner

नेविसंघको बिरासत तोड्दै ईतिहास रच्छु : सुनैना श्रेष्ठ

काठमाडौं । झण्डै १४ बर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावले यतिबेला विद्यार्थी राजनीति चर्चामा छ । चैतको ५ गते हुने स्ववियु चुनावमा त्रिभूवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा विद्यार्थी नेताहरुको प्रतिस्पर्धा हुदैछ ।

चुनावी माहोल बनिरहेको बागबजारको पद्मकन्या क्याम्पसमा ५ हजार ४ सय ९३ मतदाता विद्यार्थी छन । पद्मकन्या क्याम्पसलाई नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको बलियो आधार क्षेत्र मानिन्छ । किनकी हालसम्मका १३ स्ववियु सभापतिमध्ये एक जनामात्र नेविसंघ भन्दा बाहिरबाट निर्वाचित भएका छन् । यसपटक अनेरास्ववियुले अखिल क्रान्तिकारीसँग सहकार्य गदै चुनावमा जाने निर्णय लिएको छ । जसअन्र्तगत सभापतिमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको तालमेलबाट तिर्सना आलेमगर र सचिवमा अनेरास्ववियुका सुनैना श्रेष्ठ उम्मेदवार छन् । स्ववियु चुनाव जितेको खण्डमा नेविसंघको विरासत तोड्दै क्याम्पसको पहिलो अखिलको सचिव हुने दाउँमा छन सुनैना ।

को हुन सुनैना श्रेष्ठ ?
काठमाडौंको थापाथली हस्पिटलमा २०५२ साल जेठ २४ गते जन्मिएकी सुनैना स्थायी बासिन्दा हुन । बुवा रमेश श्रेष्ठ र आमा निर्मला दाहाल श्रेष्ठ राजनीतिकमा खासै चासो राख्ने नभएपनि सुनैनालाई भने राजनीतिमा लाग्ने ईच्छा सानैदेखि थियो । परिवारमा कोही पनि राजनीतिमा हुनुहुन्न तर मलाई भने राजनीतिमा चासो छ सुनैनाले भनिन् ।

२७ बर्षिय सुनैना कोटेश्वरको नवज्योति हाइयर सेकेन्डरी स्कुलमा कक्षा १० सम्मको अध्ययन र १२ सम्मको अध्ययन मध्य बानेश्वरको हवाइट हाउसबाट सकाउँदै गर्दा उनलाई राजनीतिकमा आउने इच्छा तिब्र जागिसकेको थियो । आफनो राजनीतिमा आउने चाहनालाई अगाडि बढाउन काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा स्नातक भर्ना भएर कलेजसँगै राजनीतिलाई अगाडि बढाउन सफल भएको उनले सुनाईन । २०७० सालमा पद्म कन्या क्याम्पसमा भर्ना भएदेखि राजनीतिमा सक्रिय सुनैना २०७१ सालमा कलेजको क्याम्पस कमिटिको सदस्य हुँदै सह–सचिव र २०७८ मा उपाध्यक्ष र हाल अनेरास्विवयु क्याम्पस कमिटीको अध्यक्ष भएर कार्य गरिरहेकी छन् ।

‘एक महिना, एक महिला, एक प्याकेट प्याड’ लगायत यस्ता छन् सुनैनाका एजेन्डा
२०३६ सालदेखि नेविसंघले एकछत्र राज गरेको पद्मकन्या क्याम्पसमा अनेरास्ववियुले किल्ला तोडने लक्ष्य राखेको छ । यसपटक नेविसंघको जितको निरन्तरतामा ब्रेक लाग्ने दाबी गर्छिन् सुनैना । मानविकी संकायबाट स्नातकोत्तर गरिरहेकी सुनैना क्याम्पसलाई पहिलो महिला विश्वविद्यालय बनाउन पहल गर्ने, स्नातक तथा स्नातकोत्तर तहका अंग्रेजी बाहेक सबै विषयको प्रश्नपत्र अंग्रेजी र नेपाली दुबै भाषामा छाप्न पहल गर्ने, त्रैमासिक रुपमा परीक्षा सञ्चालन गर्ने, शिशु स्याहार केन्द्र पुनः सञ्चालनमा ल्याउने बताउँछीन ।

क्याम्पसमा कार्यक्रम अनुरुपको कक्षा कोठा, प्रविधि मैत्री वातावरण, एक महिना एक महिला एक प्याकेट प्याड दिने उनको योजना छ । बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीको सहजताका लागि होस्टल सवैको पहुँचका लागि पहल गर्ने, विविए , विविएम, विएचएम, विसिए, विएससिसि एस आईटी, बिआईटी लगायतका प्राईभेट अन्तर्गत चलेका शिक्षालाई यसलाई नियमित बनाएर शुल्क ५० प्रतिशत घटाउने उनको योजना रहेको छ । विद्यार्थीले प्रमाणपत्र धितो राखेर ऋणलिने व्यवस्थालाई पनि सहज बनाउन पहल गर्ने पनि उनको योजना रहेको छ ।

बिरासत तोड्ने दाबी
अनेरास्ववियुलाई किन जिताउने भन्दा यतिका बर्ष नेविसंघले कलेजमा गरेको भुमिका सवैले हेरिसकेको छ । एमाले निकट विद्यार्थी संगठनहरुले बाहिर बसेर काम गरेका छौ । तर स्ववियुमा कहिल्र्यै अवसर पाएको छैन । अरुलाई धेरै पटक हेरिसकेकाले अखिललाई यस पटक हेर्न आग्रह गरेका छौ, सुनैनाले भनिन् । एम ए मा अध्ययनरत सुनैना विद्यार्थीहरुका समस्या के हुन ? कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको राम्रो ज्ञान भएको बताउँछीन । विद्यार्थीका यावत समस्या समाधानका लागि कमिटीमा बसेर काम गरिरहेको अनुभवका आधारमा यसपटक विद्यार्थी मतदाताले विजयी गराएर नेतृत्वमै पुरयाउनेमा उनि विश्वस्त छन् । विद्यार्थी मतदाताकै मतले यसपटक नेविसंघको गढलाई तोड्दै ईतिहास रच्छौ सुनैनाले भनिन् ।