११ बैशाख २०८१, मंगलवार 1713876491
Banner

दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढ्यो, आजदेखि लागु हुने

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा आजदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको हो ।

प्रतिलिटर ११ रुपैयाँले बढे सँगै अव ८६ रुपैयाँबाट ९७ रुपैयाँ कायम भएको छ । सरकारले किसानका लागि बढाएको मूल्य पनि आजैदेखि लागु भएको हो ।

हाल संस्थानमा स्ट्याण्डर्ड दूध प्रति ५ सय एमएल ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ रहेको छ । यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ । अव प्रति प्याकेट साढे ५ रुपैयाँ वृद्धि हुने छ ।