१३ बैशाख २०८१, बिहीबार 1714085392
Banner

उपराष्ट्रपति उम्मेदवारमा गठबन्धनभित्र सहमति जुटेन

काठमाडौं । १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको हो ।

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए । उनले १० दलका बीचमा सकारात्मक रुपमा कुराकानी भएको र बिहीवार बसेर थप निर्णय गर्ने बताए ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यक्ता अनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ ।’ नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल शुरु भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टी अध्यक्ष प्रभु शाहलगायतका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।