१४ बैशाख २०८१, शुक्रबार 1714124274
राजनीति

चितवन-२ मा जनमोर्चाको उम्मेदवार जनकराज शर्मा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले चितवन-२ मा हुने उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

फागुन २७-२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषद्को पहिलो बैठकले उपाध्यक्ष शर्मालाई उम्मेदवार बनाउने निर्णय गर्दै उपनिर्वाचन परिचालन समितिसमेत गठन गरेको छ।

उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जनमोर्चाले जनाएको छ ।

जनमोर्चाले उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव र इसाईकरणविरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णयसमेत गरेको छ ।