१४ बैशाख २०८१, शुक्रबार 1714167550
राजनीति

प्रमिला यादवले लिइन उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । र, पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।

जसपा नेताहरुका अनुसार अब भोलि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने छ र रामसहाय यादव नै आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ । सत्ता गठबन्धनबाट रामसहाय र प्रमिलासँगै जनमत पार्टीकी ममता झा उम्मेदवार छिन्।

शनिबार बिहान बसेको सत्तारुढ १० दलको बैठकले जसपालाई दुई (महिला र पुरुष) उम्मेदवार गर्न अनुमति दिएको थियो। २५ फागुनमा जसपाले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।