१३ बैशाख २०८१, बिहीबार 1714073461
Banner

परमादेशी सरकारले देशलाई अधोगतिमा लैजादैछः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशलाई अधोगतिमा लगिरहेको बताउनुभएको छ । नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो,‘अहिले देशका कुनै पनि बैंकमा पैसा छैन भन्ने सुनिएको छ, यसले देशलाई औद्योगिक रुपमा नै कमजोर बनाएको छ ।’

खेलकुद महासंघले आयोजना गरेको राष्ट्रिय खेल संघहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धनको सरकारले देशलाई थप अन्योलमा लगेको बताउनुभयो । परमादेशी सरकारले अहिले देशलाई थप समस्यामा पु¥याएको छ, यो समस्या समाधान अब त्यति बेला मात्र हुन्छ जब देशमा नयाँ निर्वाचनबाट एमाले पहिलो पार्टी भएर आउँछ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा एमाले नेता तथा नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बाँस्कोटाले खेलकुद क्षेत्रलाई समृद्धिको मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको समस्याहरु समाधानका लागि खेलकुद क्षेत्रमा नै लागेका व्यक्तिहरु अगाडि बढाउनुपर्ने बताउनुभो ।

कार्यक्रममा खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले देशको समृद्धिलाई नेतृत्व गरिरहेको नेकपा एमालेका लागि खेलकुद क्षेत्र महत्वपुर्ण भएको बताउनुहुँदै खेलकुद महासंघले यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउने बताउनुभयो ।
‘सिंगो खेलकुद क्षेत्रको एक संगठनका रुपमा नेपाल खेलकुद महासंघले नेतृत्व गर्छ र तीनै तहमा खेलकुद क्षेत्रका लागि बजेट छुटयाउनुपर्ने उहाँको भनाइ थियो । ‘अहिलेको परमादेशी सरकारले खेलकुद क्षेत्रलाई निकै तिरस्कृत गरेको छ, यसविरुद्ध हामीले सशक्त आवाज उठाउने मात्र होइन, खेलकुद क्षेत्रको विकासका लागि सधैं पहल गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा महासंघका घटक २७ नेकोस राष्ट्रिय खेल संघमा नयाँ नेतृत्व पनि चयन गरेको छ । कार्यक्रमले नेकोस राष्ट्रिय फुटबल संघमा धिरेन्द्र प्रधान, ब्याडमिन्टनमा उदय अर्याल, बक्सिङमा प्रनिर अधिकारी, क्रिकेटमा विप्लव घोष, कराँतेमा देवकुमार लामा, बुद्धिचालमा श्याम व्यन्जनकार, तेक्वान्दोमा हिराबहादुर थापा, भलिबलमा यमबहादुर गुरुङ, टेबल टेनिसमा धर्ममान बर्जचार्य, शारीरिक सुसंगठन तथा फिटनेसमा रेणुका श्रेष्ठ, स्किमा शान्तामाया परियार, ह्यान्डबलमा शम्भु पौडेल, रिङ रेस्लिङमा कमल तामाङ, एथलेटिक्समा अनिरुद्र चौधरी, फुलकन्ट्याक्टमा सूर्य बुढाथोकी, आइटिएफ तेक्वान्दोमा मनोज खड्का, कबड्डीमा शिवजी गुप्ता, रग्बीमा आनन्दसागर योगल श्रेष्ठ, सेल्फ डिफेन्समा डिबी रानापाल, मोटर स्पोर्ट्समा प्रकाश कपुरी, विश्वविद्यालयमा नरेन्द्र आरसी, बेसबलमा दिपक न्यौपाने, टग अफ वारमा सूर्यबहादुर भट्टराई, कुङ्फुमा उद्धव थापा, प्याराग्लाडिङमा बसन्तराज दवाडी, केम्पो खुकुरी मार्शलमा रमेश नराल, बास्केटबलमा जुम प्रसाद गुरुङको अध्यक्षतामा संघहरु गठन भएका हुन् ।