५ जेष्ठ २०८१, शनिबार 1716077213
Banner

युएईविरुद्ध कप्तान रोहितकुमार पौडेलको कीर्तिमानी अर्धशतक

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले आठौं अर्धशतक प्रहार गर्ने क्रममा ८३ बलमा ७ चौका प्रहार गरे। उनी नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने।

रोहितले नेपालका लगि एक शतक पनि प्रहार गरेका छन्। नेपालले युएईविरुद्ध ३० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १२१ रन जोडेको छ। पावरप्लेमै ३ विकेट गुमाएर दबाबमा परेको नेपाललाई भीम सार्की र कप्तान रोहित पौडेलले उकासेका थिए।

एक समय २२-३ को खराब स्थितिमा रहेको नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए।

उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। यो सँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ।

सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ।