१३ बैशाख २०८१, बिहीबार 1714067201
Banner

सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको भनेर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए। ती मध्ये १९ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ।