१४ बैशाख २०८१, शुक्रबार 1714113938
Banner

उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक हुने

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आज उमेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्ता गठबन्धनभित्र उपराष्ट्रपति पदको उम्मेदवारीले किचलो देखिएको छ ।

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट ३ जनाको उम्मेदवारी परेको छ भने एमालेका १ जनाको उम्मेदवारी छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ र जनमत पार्टीबाट १ गरी ३ जनाको उम्मेदवारी परेको छ । राष्ट्रपतिमा गठबन्धनबाटै रामचन्द्र पौडेल निर्वाचित भए पनि उपराष्ट्रपतिमा सहमति जुट्न सकेको छैन । रामसहायकको उम्मेदवारीमा संविधान कानुन र समावेशीता अनुरुप नभएको भन्दै एमालेले उजुरी दिएको छ ।

आगामी चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।