६ बैशाख २०८१, बिहीबार 1713503494
समाचार

एनआरएनको निर्वाचन तालिका सरयो, चैत १० र ११ मा हुने

काठमाडौं : गैरआवासीय नेपाली संघको निर्वाचन फेरि परिवर्तन भएको छ। आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन तीन दिन पर सरेको हो।

नयाँ निर्वाचनको मिति चैत १० र ११ गतेका लागि तय गरिएको निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी जनाएको छ। जारी सूचनामा विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४-२५ ) हुने बताइएको छ।

सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तरराष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ।