१३ बैशाख २०८१, बिहीबार 1714102895
पालिका

एमालेको ‘मिसन ग्रासरुट’ सुर्यविनायक नगरपालिकाका टोल टोलमा सुरु

भक्तपुर । नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत आज सुर्यविनायक नगरपालिका २ बालकोटको खल्पिटारमा कार्यक्रम सञ्चालन गरिएको छ । वडास्तरमा पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालनको जिम्मेवारी तोकिएकाले आजदेखि एकसाथ सो कार्यक्रम टोल टोलमा सुरु भएको हो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाले मिसन ग्रासरुटका विषयमा प्रकाश पार्नुभएको थियो । लामो समयदेखि एमालेमा आस्था राखेका तर हाल निष्क्रिय बसेका पुराना कार्यकर्ताहरुलाई भेट गरी सम्बोधन गर्ने, ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गर्ने, पार्टी सदस्यता नलिएका सदस्यता दिने, नयाँ सदस्यहरू बनाउने, नवीकरण नगरेकाहरुको गर्न लगाउने जस्ता कार्यहरु मिसन ग्रासरुट अन्तरगतका कामहरु भएको देउजाले बताउनुभयो ।

उहाँले तल्लो तहदेखि संगठन बनाउदै लैजानका लागि जरैदेखि पार्टी बलियो हुनुपर्ने धारणा राख्नुभयो । सीता पौडेल पाण्डेको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा नगर कमिटीका ईन्चार्ज विवेक श्रेष्ठ, सह–ईन्चार्ज राजन खत्री, नगर किमिटीका सदस्यहरु, टोल कमिटीका अध्यक्ष, जिल्ला सल्लाहकार सदस्य नारायण बस्नेत लगायतको सहभागिता रहेको थियो ।