७ बैशाख २०८१, शुक्रबार 1713574129
समाचार

रमेशचन्द्र देवकोटाको जन्मदिनमा २ जना कवि पुरस्कृत

काठमाडौं । स्रष्टा समाज नेपालले बागमती प्रदेशसभाका सांसद तथा नेपाल बुद्धिजीवी परिषद्को अध्यक्ष डा.दिनेशचन्द्र देवकोटाको बुवा रमेशचन्द्र देवकोटाको जन्मदिनको अवसरमा २ जना कविलाई पुरस्कृत गरेको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम गरी ९० वर्ष कटेका देवकोटाको जन्मदिनको अवसरमा स्रष्टा समाज नेपालले २ जना कविलाई पुरस्कृत गरेको हो ।

वरिष्ठ कवि श्रीहरी फुयाँल, हास्य व्यङ्ग्य कवि नरनाथ लुइटेललाई समाजले पुरस्कृत गरेको हो । देवकोटाको नामबाट खोलेको ‘रमेशगंगा स्रष्टा सम्मान’ पुरस्कारबाट २ जना कविलाई उनकै प्रमुख आतिथ्यमा सम्मान गरेको हो ।

कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार विधान आचार्य, सांसद डा.दिनेशचन्द्र देवकोटालगायतको उपस्थित रहेको थियो । १ लाख ५० हजारमा सुरु भएको यो सम्मान कोषमा अहिले ५ लाख बढी रकम जम्मा भइसेकेको स्रष्टा समाजले जनाएको छ ।

पुरस्कृत हुने लुइटेल खित्कौली डटकमको सम्पादक, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य, प्रतिष्ठानले प्रकाशन गरेको सयपत्री बहुभाषिक पत्रिकाको कार्यकारी सम्पादक, ताहाचलमा प्रध्यापक हुन् । अहिले इन्सेकको कार्यकारिणी सदस्य छन् । उनले मानवअधिकार सम्बन्धी विभिन्न पुस्तक लेखेका छन् । हास्य व्याङ्ग्य कविको छवी बनाएका उनले पाठ्यपुस्तकसमेत लेखेका छन् । हास्य व्यङ्ग्यको क्षेत्रमा राज गरेका उनी कथाकार, कवि पनि हुन् । उनले अहिलेसम्म १० भन्दा बढी पुरस्कार पाइसकेका छन् ।

त्यस्तै वरिष्ठ कवी श्रीहरी फुयाँलले ताहाचाल क्याम्पसमा लामो समय अध्यापक गरेका थिए । १० वर्षको उमेददेखि साहित्य लेखन सुरुआत गरेका उनले १८ वटा कृतिहरू प्रकाशित भइसकेको छ । ३२ वटाभन्दा बढी सम्मानबाट सम्मानित उनीलाई स्रष्टा समाजले २१ हजार नगदसहित पुरस्कृत गरेको हो ।

१९९० सालमा आफ्नो बुवा जन्मिएको क्षणको बारेमा हजुर आमाले भनेको कुरा स्मरण गर्दै सांसद देवकोटाले घरपरिवारको सहयोगमा सानो मात्रा भएपनि अक्षयको सुरुआत गर्न सफल भएको बताए । उनले धेरै अघि यो कार्य गर्नुपर्ने भएपनि ढिलो गरि यो कार्य सुरु भएको बताए । आफ्नो बुवाले अहिलेसम्म ५ वटा कृति प्रकासन गरिरहेको सांसद देवकोटाले बताए ।