८ बैशाख २०८१, शनिबार 1713609719
Banner

लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । एमालेको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् । शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् ।

त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ ।’

उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताइन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।