६ बैशाख २०८१, बिहीबार 1713503782
Banner

एमालेको उपराष्ट्रपति उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।

आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेशी पूर्वमुख्यमन्त्रीसमेत रहेको शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

साथै, बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरालाई जोड दिइएको ज्ञवालीले बताए ।

चैत तीन गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ताको समय बिहान ९ बजेदेखि २ बजेसम्का लागि तोकिए पनि दलहरूले उम्मेदवारको टुंगो नलगाउँदै अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन ।