१३ बैशाख २०८१, बिहीबार 1714036937
राजनीति

स्ववियुमा टिकट वितरण गर्न नेविसंघमा ३ सदस्यीय कार्यदल गठन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि टिकट वितरण गर्न समिति गठन गरेको छ।

संघभित्र विवाद कायम भइराखेकोले टिकट वितरणलाई सहज बनाउन फरकफरक समूहको प्रतिनिधित्व हुने गरी तीन समिति गठन गरिएको हो।

समितिमा संस्थापन पक्षबाट नेविसंघ अध्यक्ष दुजाङ् शेर्पा रहेका छन् भने शेखर-गगन समूहबाट प्रेमिका राना र सिर्जना मल्ल छन्।

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको मिति तोकिएको छ तर नेविसंघभित्रको विवादका कारण उम्मेदवारको टुंगो लागिसकेको छैन।