११ बैशाख २०८१, मंगलवार 1713884974
Banner

स्ववियु चुनाव : कास्कीमा एमाले र माओवादीका विद्यार्थीबीच गठबन्धन गर्ने सहमति

काठमाडौं। आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा कास्कीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीच चुनावी तालमेल गर्ने लिखित सहमति भएको छ। अनेरास्ववियु र अखिल (क्रान्तिकारी)बीच गठबन्धन गरेर जाने सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमति पत्रमा एमालेको तर्फबाट कास्की इन्चार्ज कृष्णबहादुर थापा, पार्टी जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री र अनेरास्ववियु कास्की संयोजक सन्तोष पोखरेल र माओवादीको तर्फबाट कास्की इन्चार्ज राजकाजी गुरुङ, कास्की संयोजक केशव पौडेल, विद्यार्थी फ्याक्सन इन्चार्ज विनय थापा र अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष शरदसिंह विश्वकर्माले हस्ताक्षर गरेका छन्।

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष र ५ जना सदस्य दिने सहमति भएको छ । अखिल (क्रान्तिकारी)लाई सचिव र ३ सदस्य दिने सहमति भएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानमा अनेरास्ववियुलाई सचिव, कोषाध्यक्ष र ४ जना सदस्य र अखिल (क्रान्तिकारी)लाई सभापति र ३ सदस्य दिने सहमति भएको छ ।

वन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुलाई सभापति, सचिव, कोषाध्यक्ष र ३ जना सदस्य दिँदा अखिल (क्रान्तिकारी)लाई २ सदस्य दिने सहमति भएको छ ।

पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुलाई सभापति, सचिव, कोषाध्यक्ष र ४ जना सदस्य दिने सहमति भएको छ । अखिल (क्रान्तिकारी)लाई सदस्यमा प्रत्यक्ष १ जना, समानुपातिकमा १ जना अनेरास्ववियुले समावेश गराउने सहमति भएको छ ।

जनप्रिय बहुमुखी क्याम्पसमामा अनेरास्ववियुको सभापति, कोषाध्यक्ष र ५ जना सदस्य र अखिल (क्रान्तिकारी)लाई सचिव र २ जना सदस्य दिने सहमति भएको छ ।

विन्ध्यावासिनी संस्कृत विद्यापीठमा अनेरास्ववियुको सभापति, कोषाध्यक्ष र ४ जना सदस्य साथै अखिल (क्रान्तिकारी)लाई सचिव र २ जना सदस्य रहने सहमति भएको छ ।

समानुपातिक पदाधिकारी निर्वाचनतर्फ अनेरास्ववियुलाई पृथ्वीनारायण क्याम्पसमा सहसचिव, इन्जिनियरिङ अध्ययन संस्थानमा उपसभापति, वनविज्ञान संस्थानमा सहसचिव र जनप्रिय बहुमुखीमा उपसभापति हुने सहमति भएको छ ।

अखिल (क्रान्तिकारी)लाई पृथ्वीनारायण क्याम्पसमा उपसभापति, इन्जिनियरिङ अध्ययन संस्थानमा सहसचिव, वनविज्ञान संस्थानमा उपसभापति र जनप्रिय बहुमुखीमा सहसचिव पाउने सहमति भएको छ ।