१३ बैशाख २०८१, बिहीबार 1714041899
Banner

यस्तो देखियो राष्ट्रपतिको चौथो निर्वाचन (फोटोफिचर)

काठमाडौं । नेपालको चौथो राष्ट्रपति चयनका लागि मतदान भई रहेको छ । संसद् भवन नयाँबानेश्वरमा मतदान भइरहेको छ । मतदान दिँउसो ३ बजेसम्म हुन्छ ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन्।

राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्।