८ बैशाख २०८१, शनिबार 1713621190
Banner

नयाँ नेतृत्व चयन गर्दै प्रेस चौतारीको अधिवेशन आज सकिदै

काठमाडौं– प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सकिने भएको छ ।

पोखरास्थित सभा गृहमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको थियो ।

महाधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनले आज १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

महाधिवेशनको बन्द सत्रको पहिलो दिन शुक्रबार सांगठनिक, आर्थिक तथा विधान संशोधन प्रस्ताव पारित भएको छ ।

चौतारीमा अब अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित चार, एक महासचिव, दुई उपमहासचिव, एक कोषाध्यक्ष र एक विशेष प्रदेशसहित सात प्रदेशबाट एक–एक जना गरी ८ सचिव हुनेछन् ।

प्रेस चौतारी अध्यक्ष मण्डलका अध्यक्ष एवं प्रचार विभागमा उपप्रमुख विष्णु रिजालले सर्वसम्मत नेतृत्व गर्दै महाधिवेशन समयमै समापन हुने जानकारी दिनुभयो ।