४ बैशाख २०८१, मंगलवार 1713309059
समाचार

महिला चालक दलका सदस्यले उडायो वायुसेवाको अन्तर्राष्ट्रिय उडान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा जहाज बुधबार सबैजना महिला चालक दलका सदस्यले उडाएका छन्। दुईजना महिला विमान चालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए—३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो।

पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै महिला रहेका छन्। दुबईबाट काठमाडौंका लागि बुधबार बिहान ४ बजेर ५५ मिनेटमा उडेको जहाजमा चालक दलका सबै सदस्य महिला रहेको निगगमले जनाएको छ।

यो जहाज बुधबार बिहान १०ः३५ बजे काठमाडौंमा अवतरण भएको हो। दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन, संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए। बुधबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एयरबस सबै महिला चालक दलका सदस्यबाट उडाउने निर्णय लिएको थियो।

निगमकी प्रवक्ता अर्चना खड्काले यो नेपालको अन्तर्राष्ट्रिय उडानमा सबैजना महिला चालक दलका सदस्य सहभागी पहिलो यात्रा हो।