११ बैशाख २०८१, मंगलवार 1713935054
समाचार

१९ फिट अग्लो पद्म सम्भव गुरु रेम्पोर्चेको मुर्ति शिलान्यास

काठमाडौं । तेमाल गाउँपालिका वडा ४ घोन्पो टोल गोनाई चे मा १९ फिट पद्म सम्भव गुरु रेम्पोर्चेको मुर्ति शिलान्यास भएको छ । बागमती प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका सदस्य ज्ञानबहादुर तामाङले मूर्तिको ििशलान्यास गरेका हुन् ।

लामा गुरु दावा साङ्बो लामाले धार्मिक रूपमा पूजापाठ गरेपछि सांसद तामाङलेसमेत पुजापाठ गरि उक्त मूर्तिको शिलान्यास गरेका हुन् । तेमाल गाउँपालिका–४ का वडाध्यक्ष पेम्बा तामाङले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

मूर्ति उपभोक्ता समितिको अध्यक्ष निर बहादुर तामाङले तोकिएकै समय अवधिका मूर्ति निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै कार्यक्रममा सांसद ज्ञान बहादुर तामाङले सबै धर्मको आस्थाको केन्द्रको रूपमा मूर्तिलाई विकास गर्नुपर्ने बताए ।