८ बैशाख २०८१, शनिबार 1713638796
खेलकुद

इङ्लिस प्रिमियर लिग : चेल्सी र न्युक्यासलको जित

इङ्लिस प्रिमियर लिगको आज बिहान सम्पन्न खेलमा चेल्सीले नर्विचलाई पराजित गरेको छ ।
नर्विचको घरेलु मैदानमा चेल्सीले नर्विचलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । जीतसँगै चेल्सी लिगको तेस्रो स्थान कायमै छ । खेलको तेस्रो मिनेटमै मासुन माउन्टको हेडरलाई चालोभाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेलको चौधौं मिनेटमा फरवार्ड माउन्टले अर्को गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको ६९ औं मिनेटमा नर्विचले पाएको पेनाल्टीलाई टिमु पुक्कीले गोल गर्दै खेलमा फर्किने मौका दिलाएका थिए । तर इन्जुरी समयमा स्ट्राइकर ह्‍भेर्जले अर्को गोल गर्दै चेल्सीको जीत पक्का बनाएका थिए । आजै सम्पन्न अन्य खेलहरुमा उल्भ्सले वाटफोर्डमाथि सुन्यका विरुद्ध चार गोलको जीत निकाल्दा लिड्स, एस्टन भिल्लासँग शुन्यका विरुद्ध तीन गोलले पराजित भयो ।

त्यसैगरी न्युक्यासलले पनि साउथ ह्‍यामटनलाई उसैको घरेलु मैदानमा २-१ गोलको जीत निकाल्दै चौधौं स्थानमा उक्लिएको छ ।