६ बैशाख २०८१, बिहीबार 1713447807
Banner

ओखलढुङ्गामा वृद्धा दम्पतीको शव भेटियो

काठमाडौं । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।