१४ बैशाख २०८१, शुक्रबार 1714161682
विश्व

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट : ४ जनाको मृत्यु, ९ जना घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार गाडी बिस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु हुनाको साथै अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करीम भानघरले बताएअनुसार सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको थियो । विस्फोटको प्रकृति अझै खुल्न नसकेको बताउँदै उहाँले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताउनु भएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।