१२ बैशाख २०८१, बुधबार 1713949994
Banner

जबरजस्ती लोला हान्नेलाई अभद्र मुद्दा, ५ हजार प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ प्रहरीले फागु पूर्णिमामा हुने भिडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिने गरी सुरक्षा योजना लागु गरेको छ । होली खेल्ने नाममा जबरजस्ती लोला हान्न निषेध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

इच्छा विपरीत रंग दल्ने र लोला हानेर दुर्व्यवहार गरेको भेटिए पक्राउ गरिने प्रहरीले जनाएको छ । इच्छा विपरीतको क्रियाकलापबारे कसैले उजुरी गरेमा आरोपीलाई अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीले जनाएको छ । अबिर दल्ने कुरामा पनि जबरजस्ती गर्न नहुने प्रहरीले जनाएको छ ।

होलीको नाममा जबरजस्ती लोला हान्नेलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउने अधिकार प्रहरीलाई भएको भन्दै सो मुद्दामा १ वर्ष कैद र १० हजारसम्म जरिमाना हुने कानुनी व्यवस्था छ।

काठमाडौंमा होली सुरक्षाका लागि ५ हजार प्रहरी परिचालन गरेका प्रहरीले जनाएको छ । वसन्तपुर, माइतीघर र स्थानीय क्लबहरूले होली खेल्ने कार्यक्रम राखेका छन्। कतिपय सञ्चार गृहहरूले आफ्नो कार्यालयमा होली खेल्ने कार्यक्रम राखेका छन् ।