८ बैशाख २०८१, शनिबार 1713631081
राजनीति

निर्वाचनमा भएको अन्तर्घातको प्रतिवेदन सार्वजनिक गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् ।

शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुने र सार्वजनिक गरिने बताएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यो प्रतिवेदनले भविष्यमा अनुशासित र मर्यादित पार्टी पंक्ति तयार गर्दै आउने पिँढीलाई मार्गनिर्देशसमेत गर्ने अध्यक्ष यादवको भनाइ छ ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न शिवलाल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

अन्तर्घात गरेको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि प्रतिवेदनमार्फत् सिफारिस गरिएको जसपा प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।