१२ बैशाख २०८१, बुधबार 1713991810
कला/साहित्य

‘प्रेरणादायी महिलाहरू’ सार्वजनिक

काठमाडौँ । प्रेरणादायी महिलाहरू’ नामक पुस्तक सार्वजनिक भएको छ ।

विभिन्न क्षेत्रमा योगदान पु¥याउने २४ महिलाका जीवनी पुस्तकमा छ । मोतिदेवी स्मृति केन्द्रले एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उक्त कृति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्नुभएको हो ।

उहाँले साधना, सङ्कल्प र तपस्याबाट देशका लागि योगदान दिएका महिलाका बारेमा जीवनी तयार हुनु र विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

उक्त कार्यक्रममा सञ्चार क्षेत्रमा योगदान पु¥याउनुभएकी कृष्णा ताम्राकार, सामाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रमा वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा र राजनीतिमा सुशीला श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै राजनीति र सामाजिक परिवर्तनमा निलम केसी तथा राजनीति र सामाजिक गौरा प्रसाईं, चित्रकलामा निलम ताम्राकार र खेलकुदमा सुनमाया बुढालाई अध्यक्ष ओलीले सम्मान गर्नुभयो । सम्मानित व्यक्तित्व ताम्राकारले आफूले रेडियो नेपालमा काम गर्दा नेपाली भाषालाई शुद्ध गरी उच्चारण गरेर भाषाको सम्मान गरेको स्मरण गराउनुभयो ।