६ बैशाख २०८१, बिहीबार 1713501324
Banner

आज आठ दलले प्रदेश सांसदलाई अभिमुखीकरण गर्दै

काठमाडौं । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आठ दलीय गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ। बिहीबार संघीय सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको गठबन्धनले आज बागमती प्रदेशका सांसदहरुको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम आनन्द इभेन्ट नयाँबानेश्वरमा दिउँसो १ बजे हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कार्यक्रममा गठबन्धनका नेताहरुले सम्बोधन गर्नेछन्। आठ दलीय गठबन्धनको औचित्यबारे बोल्दै राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मत माग्न उद्देश्यले उनीहरुले यो कार्यक्रम आयोजना गरेका हुन्।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्। पौडेललाई विजयी गराउन भन्दै गठबन्धनका नेताहरुले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य ७ राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरेका छन्।